सारांश
एजेन्सी । पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रियसभा नेशनल एसेम्बलीबाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका छन् ।
पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल–एनका अध्यक्ष तथा नवगठित आठ दलीय गठबन्धनका नेता सरिफलाई दोस्रो पटक प्रधानमन्त्री बन्न भारी मत मिलेको छ ।
पाकिस्तानको नेशनल एसेम्बलीमा नवनिर्वाचित २०१ सांसदले सरिफको पक्षमा मतदान गरेका छन् भने पूर्वप्रधानमन्त्री खानप्रति वफादार सांसदहरूको उम्मेदवारका रूपमा प्रधानमन्त्रीको नेतृत्वको दाबी गरेका ओमार ऐयुब खानले ९२ मत प्राप्त गरेका छन् ।