Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

उच्च अदातलको आदेश महानगर पुग्यो, के अब टुकुचा उत्खनन रोकिन्छ ?


सारांश

उच्च अदातलको आदेश महानगर पुग्यो, के अब टुकुचा उत्खनन रोकिन्छ ?
images

काठमाडौं । उच्च अदालत पाटनले टुकुचामाथि बनेका संरचना तत्काल नभत्काउन भनी दिएको अल्पकालीन अन्तरिम आदेश काडमाडौं महानगरपालिकामा पुगेको छ ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले रित पुर्‍याएर बनाएकाले उचित क्षतिपूर्ति नदिई संरचनाहरू हटाउन नमिल्ने भन्दै दिएको अल्पकालीन अन्तरिम आदेश महानगरमा पुगेको हो ।

अदालतले असोज ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार महानगरका कानुनी परामर्शलाई अदालतको छलफलमा पठाइने छ । “अदालतको आदेश आएको छ ।

भोलि छलफलका लागि कानुनी परामर्श टोली जाँदै छ,” उनले भने ।  

उनले घर भत्काउने र टुकुचा उत्खनन गर्ने कुरा छुट्टै भएको पनि बताए । टुकुचा खोज्ने अभियान महानगरले नरोक्ने उनले बताए । “आज नगरप्रहरी टोली अवैध संरचना भत्काउनतिर लागेको थियो । पुन: भोलि टुकुचा उत्खनन हुन्छ,” उनले भने ।Tukucha1663512032.jpg

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij