Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

प्रकाशशरण महत असफल अर्थमन्त्री : स्वर्णिम वाग्ले


सारांश

प्रकाशशरण महत असफल अर्थमन्त्री : स्वर्णिम वाग्ले
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले वस्तुगत धरातलमा आधारित भएर आउँदो आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएका हुन् ।

उनले पछिल्लो समय मुलुकको सार्वजनिक वित्तमा संकट देखिएको भन्दै यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको औँल्याए । चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय अवस्था दयनीय रहेको उनले बताए ।

चालु आर्थिक वर्षको आठ महिनामा आठ खर्ब रुपैयाँ खर्च रहेको उनले उल्लेख गरे । चालुतर्फ पाँच खर्ब ८२ अर्ब, पुँजीगततर्फ ८१ अर्ब र वित्तीय व्यवस्थापन खर्च एक खर्ब ३८ अर्ब रुपैयाँ रहेको उनले बताए ।

राजस्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको भन्दै उनले लक्ष्य पूरा गर्न नसक्ने अवस्थाबारे सचेत गराए । उनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत आठ महिनामा बजेट कार्यान्वयन गर्न नसक्ने असफल अर्थमन्त्रीका रूपमा प्रस्तुत भएको जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij