Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

भारतमा १८ औं लोकसभा लोकसभा निर्वाचनको मिति घोषणा


सारांश

भारतमा  १८ औं लोकसभा लोकसभा निर्वाचनको मिति घोषणा
images

एजेन्सी । भारतमा आगामी लोकसभा निर्वाचनको मिति घोषणा भएको छ।

शनिबार त्यहाँको केन्द्रीय निर्वाचन आयोगले १८ औं लोकसभा निर्वाचनको मिति घोषणा गरेको हो।

आयोगले यसपालिको लोकसभा निर्वाचन ७ चरणमा गर्नेगरी मिति घोषणा गरेको छ।

पहिलो चरणमा २१ राज्यका १०२ सिटमा निर्वाचन हुनेछ।

बिबिसीका अनुसार अरूणाञ्चल, असम, बिहार, छत्तिसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्डमान निकोबार, जम्मू कस्मिर, लक्षद्विप, पुद्दुचेरीका विभिन्न १२० सिटमा अप्रिल १९ तारिखका दिन मतदान हुनेछ।

दोस्रो चरणमा १३ राज्यका ८९ सिटमा निर्वाचन हुनेछ।

असम, बिहार, छत्तिसगढ, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीरका कुल ८९ सिटमा अप्रिल २६ मा मतदान हुने बिबिसीले उल्लेख गरेको छ।

तेस्रो चरणको मतदान १२ राज्यका विभिन्न ९४ सिटमा हुनेछ। ती सिटहरूमा मे ७ तारिखका दिन मतदान हुने बताइएको छ।

त्यस्तै चौथो चरणमा  १० राज्यका विभिन्न ९६ सिटमा निर्वाचन हुनेछ। ती सिटहरूमा मे १३ तारिखका दिन मतदान हुने बिबिसीले उल्लेख गरेको छ।

पाँचौ चरणमा ८ राज्यका ४९ सिट, छैटौं चरणमा ७ राज्यका विभिन्न ५७ वटा सिट र सातौं चरणमा विभिन्न ८ राज्यका ५७ सिटका लागि निर्वाचन हुनेछ।

पाचौं चरणको निर्वाचन अन्तर्गत मे २० मा, छैटौं चरणको मे २५ मा र सातौं चरणको १ जुनमा मतदान हुने बिबिसीले जनाएको छ।

सबै चरणको मतदान सकिएपछि मात्रै मतगणना सुरू गरिने बताइएको । सातौं चरणको मतदान १ जुनमा सकिने हुँदा मतगणना ४ जुनबाट सुरू हुने भनिएको छ।

भारतमा ९६.८ करोड मतदाता छन्। तीमध्ये ४७.१ करोड महिला र ४९.७ करोड पुरूष मतदाता रहेको बिबिसीले उल्लेख गरेको छ। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij