Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पेलेको अन्त्येष्टि आज


सारांश

पेलेको अन्त्येष्टि  आज
images

एजेन्सी / विश्व फुटबलका महान् खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदैछ । अन्तिम संस्कारअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको भिला बेलमेरो रंगशालामा राखिएको छ ।

पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । सान्तोषको सोही मैदानमा पेलेले उत्कृष्ट समय व्यतित गरेका थिए । यस्तै उनले ब्राजिललाई तीन पटक (१९५८, १९६२ र १९७०) विश्वकप उपाधि दिलाएका थिए ।

उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

सन् १९४० मा जन्मिएका पेलेको वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो हो । २४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको अन्तिम संस्कार गरिने छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij