Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यूएईमा ७५ वर्षपछि सबैभन्दा ठूलो वर्षा


सारांश

यूएईमा ७५ वर्षपछि  सबैभन्दा ठूलो वर्षा
images

एजेन्सी । युनाइटेड अरब इमिरेट्समा ७५ वर्षपछि आएको सबैभन्दा ठूलो वर्षाले सन्नाटा छाएको छ ।  कतिपय स्थानमा २५० मिलिमिटर सम्मको वर्षा करिब २४ घण्टा सम्म महसुस गरिएको स्टेट मिडिया अफिसले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ । 

सो वर्षाले सडकमा बाढी आउनुका साथै रुख ढल्ने र  भवनका छाना समेत फाटेका थिए ।  सन् १९४९ पछि मध्यपूर्वको यो देशमा वर्षाका कारण यस्तो हबिगत विगतमा कहिल्यै पनि देखिएको थिएन । 

मंगलबार करिब १२ घण्टाको अवधिमा १ सय मिलिमिटर सम्मको वर्षा निरन्तर भएको थियो ।  वर्षा यति चाँडो र यति व्यापक रुपमा आयो कि गाडीमा चढीरहेकाहरु गाडी छोडेर कुदेका थिए । 

किनकि बाटोमा बाढी आइसकेको थियो । जलवायु परिवर्तनका कारण पछिल्लो समयमा यसखालको वर्षालाई स्वाभाविक रुपमा नै लिने गरिएको छ । विश्वकै दोस्रो सबैभन्दा व्यस्त मानिने दुबई एयरपोर्ट बुधबार समेत आंशिक रुपमा अवरुद्ध भएको थियो । अधिकांश बिमान कम्पनीले त्यहाँका उडान रोकेका थिए ।

अर्को खाडी देश ओमानमा आएको बाढीमा १८ मानिस मारिएका छन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij