Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पेलेको अन्त्योष्टि


सारांश

पेलेको अन्त्योष्टि
images

एजेन्सी / विश्व तथा ब्राजिली लेजेन्ड पेलेको मंगलबार राति अन्त्योष्टि गरिएको छ । पेलेको अन्त्येष्टि कोर्टेज बन्दरगाह सहरको मेमोरियल कब्रिस्तानमा गरिएको हाे ।

अन्त्योष्टि अघि पेलेको पार्थिव शरीरलाई उनको पुर्व क्लब क्लब सान्तोषको अर्बानो काल्डेइरा रंगशालामा २४ घन्टा श्रद्धान्जलीका लागि राखिएको हो । पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन लाइन नै लागेको थियो ।

ब्राजिलका फुटबल आइकन पेलेको पुरानो क्लबको सहर सान्तोसमा अन्त्येष्टि गरिँदा हजारौं जनता श्रद्धान्जली दिन सडकमा लाइनमा थिए ।

तीन पटकको विश्वकप विजेता पेलेको ८२ वर्षको उमेरमा २९ डिसेम्बरमा निधन भएको थियो ।

सान्तोस एफसीले २ लाख ३० हजार भन्दा बढी जनता बेल्मिरो स्टेडियममा उनको श्रद्धान्जलीमा उपस्थित रहेको जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij