सारांश
एजेन्सी । भारतको प्रमुख विपक्षी पार्टी कांग्रेस आईका नेता राहुल गान्धी लोकसभा सिटका निम्ति उत्तर प्रदेशको रायबरेलीबाट पनि चुनाव लड्ने भएका छन् ।
कंग्रेसको गढ मानिने रायबरेलीबाट उनी पहिलोपटक चुनाव लड्न लागेका हुन् ।
उनी यसअघि कांग्रेसको अर्को गढ अमेठीबाट चुनाव लड्दै आएका थिए । सन् २०१९ मा उनी भाजपा नेत्री स्मृति इरानीसँग पराजित भएका थिए । उनी २०१९ मा केरलको वायनाडबाट निर्वाचित भएका थिए । यसपालि सो क्षेत्रबाट पनि लडेका छन् ।