Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेपाल टी–२० लिग अनुगमन गर्न आईसीसी टोली काठमाडौंमा


सारांश

नेपाल टी–२० लिग अनुगमन गर्न आईसीसी टोली काठमाडौंमा
images

काठमाडौं । ‘म्याच फिक्सिङ’ आरोप लागेको नेपाल टी–२० लिगको अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का प्रतिनिधि बिहीबार काठमाडौं आइपुगेका छन् । 

आईसीसी एन्टी करप्सन युनिट (एसीयू)का सिनियर इन्टिग्रिटी अफिसर एन्ड्रयू इफग्रेभको नेतृत्वमा दुई सदस्यीय टोली बिहीबार काठमाडौं आएका हुन् । उनीहरूले आज प्रतियोगिता भइरहेको स्थल त्रिवि क्रिकेट मैदानमा पुगेर खेलाडी, अफिसियल तथा अम्पायरसँग कुराकानी गरेका थिए । 

त्यस्तै इफग्रेभको टोली नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पनि पुगेर छलफल गरेका थिए । उनीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) पु्गेर सदस्यसचिव टंकलाल घिसिङसँग पनि छलफल गरेका थिए । 

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई व्यापारिक तथा रणनीतिक साझेदार बनाएर आयोजना गरिएको नेपाल टी–२० लिगमा ‘स्पट तथा म्याच फिक्सिङ’ भइरहेको अरोप लागेको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij