Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’


सारांश

सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
images

काठमाडौं । सुनकोशी–मरिण डाइभर्सनअन्तर्गतको बुधबार (आज) छिचोलिएको छ । औपचारिक ‘ब्रेक थ्रु’ का लागि केही सेन्टिमिटर काम बाँकी राखिएको आयोजनाले जनाएको छ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा एक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन्। ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बल थिचेर ब्रेक थ्रुको सुभारम्भ गरेका हुन् ।

१३ दशमलव ३ किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ‘ब्रेक थ्रु’ भएको हो। आयोजनाको प्रवेशद्धार कमलामाई नगरपालिका–२ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएको छ।

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीसम्म सुरुङ रहेको छ।

२२ महिनाभित्रको लक्ष्यभित्रै सुरुङको काम सकिएको हो।  आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij