Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

गोठाटार गोलीकाण्ड : हत्या अनुसन्धान गर्न विशेष समिति गठन


सारांश

गोठाटार गोलीकाण्ड : हत्या अनुसन्धान गर्न विशेष समिति गठन
images

गोठाटारमा गोली प्रहार गरी मारिएका सलार्ही हरिवन नपा–२ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जी अनुसन्धानका लागि प्रहरीले एसएसपीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

समितिको संयोजक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराई रहेका छन्।लाल मोहम्मद हत्या घटना अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी रवीन्द्र धानुकले बताए।

उनले  भने, ‘लाल मोहम्मद हत्या घटना अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ। समितिले घटनाको विशेष अनुसन्धान गर्नेछ । नयाँ तथ्य पछि खुल्दै जालान्।’

मोहम्मदको सोमबार साँझ अपरिचित आक्रमणकारीले  लघारीलघारी गोली हानी फरार भएका थिए। उनको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो।घटनाको करिब २४ घण्टा  बितिसक्दा पनि प्रहरीले  अनुसन्धान उल्लेख्य प्रगति गर्न सकेको छैन। अनुसन्धान जटिल देखिएकाे हुँदा प्रहरीले छानबिन समिति गठन गरेको हो।

hatya2022-09-20-06-19-21.jpeg
undefined


 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij