Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए पदबाट राजीनामा


सारांश

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए पदबाट राजीनामा
images

एजेन्सी ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । 

राष्ट्रपति भवनका अनुसार प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसँग संवादसँगै राजीनामा पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री मोदीले केन्द्रीय मन्त्रिपरिषद्सहित आफ्नो राजीनामा पनि बुझाए । राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री तथा केन्द्रीय मन्त्रिपरिषद्‍बाट नयाँ सरकार नबनुन्जेल पदमै रहन अनुरोध गरिन् ।

मंगलबार सार्वजनिक लोकसभाका ५४३ सिटकै नतिजाअनुसार मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री हुने अवस्थामा पुगेका छन् ।

भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई २९२ अर्थात् लोकसभामा बहुमत मिलेको छ ।

भारतीय जनता पार्टीका उम्मेदवारले २४० लोकसभा सिट जिते । तर यस पटकको चुनावमा भाजपा एक्लैले बहुमत ल्याउन सकेन । २७२ सिट चाहिनेमा भाजपा २४० मै समेटियो ।

अब सरकार गठनका लागि एनडीए गठबन्धनका अन्य दलसँग सहयोग माग्नुपर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij