Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

‘लन्डन टु पेरिस’ भर्सेज ‘गाउँ आएको बाटो’


सारांश

‘लन्डन टु पेरिस’ भर्सेज ‘गाउँ आएको बाटो’
images

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ आजबाट रिलिज भएका हुन् । 

‘गाउँ आएको बाटो’ नवीन सुब्बाले निर्देशन गरेको चलचित्र हो । यसले गाउँमा गाडी आएपछि परम्परागत पेसा कसरी संकटमा पर्छ भन्ने कथा भन्न बाउ–छोराको इमोस्नल कथा पेस गर्छ । 

चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बालगायत कलाकारको मुख्य भूमिका छ । 

‘लन्डन टु पेरिस’लाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । यो चलचित्रले नेपाली डायस्पोराको कथा भन्छ । चलचित्रमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कविर खड्कालगायत कलाकार मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij