Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभलमा प्रदीप र मिरुना उत्कृष्ट


सारांश

क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभलमा प्रदीप र मिरुना उत्कृष्ट
images

काठमाडौं । नायक प्रदीप खड्का र नायिका मिरुना मगर ‘उत्कृष्ट अभिनेता र अभिनेत्री–२०२४’ घोषित भएका छन् । 

बुधबार सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’मा प्रदीप ‘प्रेम गीत ३’बाट उत्कृष्ट अभिनेता चुनिदा मिरुनाले ‘जारी’ फिल्मबाट उत्कृष्ट अभिनेत्री ठहरिएकी हुन् ।

नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुति, चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा सिटी सिनेमा कोशी प्रदेश विराटनगरमा बुधबार साँझ सम्पन्न फेष्टिभलमा वेस्ट निर्देशक फिचर फिल्म सन्तोष सेन र स्वर्गीय चेतन गुरुङ, वेस्ट माउन्टने फिल्म ‘प्रेम गीत ३’, वेस्ट टुरिजम फिल्म ‘मन्त्र’, वेस्ट जुरी अवार्ड ‘बिच्छेद’, वेस्ट कल्चर फिल्म ‘जारी’, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म क्यानडाको ‘लभ, लष्ट र फाउन्ड’, वेस्ट फिचर फिल्म नेपालको अवार्ड ‘बुलाकी’ले हात पार्‍यो । 
 
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, चलचित्रकर्मी महासंघ कोशी प्रदेशको अध्यक्ष अरुण प्रधानलगायतले विजेतालाई अवार्ड प्रदान गरे ।
 
बन तथा वातावरण मन्त्री नारायण मगरले उद्घाटन गरेको दुई दिन आयोजित फेस्टिभलका लागि नेपालसहित अमेरिका, क्यानडा, भारत, बङ्गलादेश गरी ५ देशबाट जम्मा ४३ चलचित्र प्राप्त थिए । फिचर, डकुमेन्ट्री, सर्ट मुभी गरी ५ देशका २४ चलचित्र महोत्सवमा सहभागी थिए ।
 
पर्यटन, कल्चर, माउन्टेन र पर्यावरणसँग सम्बन्धित वा ती विषयवस्तु समेटिएका चलचित्रहरू मात्र फेस्टिभलमा सहभागी गराइएको फेस्टिभलका चियरमेन तथा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बताए ।

चलचित्र विकास बोर्डको सहकार्यमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रुपमा जोडिएको फेष्टिवलेले नेपाली कलाकृति तथा पर्यटनका विकास बिस्तारमा टेवा पुग्ने  फेस्टिभलका निर्देशक अरुणकुमार प्रधानले बताए ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज नेपाल अध्यक्ष तथा दयाराम पाण्डे, निर्देशक ऋषि लामिछाने, निर्देशक समाजका कोशाध्यक्ष समुन्द्र भट्ट, निर्देशक कमल एक्चै मगर, निर्देशक समाजका सदस्य सत्यराज चौलागाईं, पर्शुराम चौधरी, केशव रायमाझी, चलचित्र विकास बोर्ड आदिवासी, जनजाति, मातृभाषा प्रवर्द्धन समिति–संयोजक ज्योतिराज राई, गायक श्रीकृष्ण लुइटेल, रविन श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रममा ‘चलचित्र सम्मान २०२४’बाट फिल्म निर्माता निर्देशक सन्तोष सेन, ओएसार डिजिटलका सञ्चालक ओम अग्रवाल सम्मानित भए ।

कार्यक्रममा अभिनेता सुवास मेचे, निर्देशक इन्द्र परियार, अभिनेत्री निलम खवास, अभिनेता राजेन्द्र भगत, शारदा शाक्य अभिनेत्री, अभिनेता सानुबाबा सुब्बा, एक्सन निर्देशक हेमनारायण राजवंशी, निर्देशक दीपनरायण रजबंशी, अभिनेत्री रेनु चौधरीले प्रदेश कलाकार सम्मान प्राप्त गरे ।

कार्यक्रममा अनुज सापकोटा, वीरेन्द्रकुमार शाह, सुमन भट्टराईले कदर पत्र प्राप्त गरेका थिए । फेस्टिभलले आगामी वर्षमा पनि निरन्तरता पाउने आयोजकले कार्यक्रममा जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij