सारांश
काठमाडौं । चलचित्र ‘नम्बरी सुन’ले १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ ।
चलचित्रका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेका हुन् । उनले खल्ती एपबाट चलचित्र ‘नम्बरी सुन’को टिकट काट्ने पाँचजना र त्यसभन्दा बाहिरका सात दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गरे ।
निर्देशक राजु गिरीले चलचित्रले झण्डै ७० वर्षअघि घर–घर पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गर्ने बताए ।
‘नम्बरी सुन’ साउन २५ गतेबाट प्रदर्शनमा आउनेछ ।