Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

बंगलादेशमा चर्कियो आन्दोलन, देशैभरी अलर्ट


सारांश

बंगलादेशमा चर्कियो आन्दोलन, देशैभरी अलर्ट
images

एजेन्सी ।  बंगलादेशमा केही दिन देखि सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेका विद्यार्थीहरुको प्रर्दश चर्किएको छ भने प्रर्दशनलाई दबाउन खोज्दा हिंसात्मक बनेको छ ।

बिहीबारसम्ममा १९ जनाको मृत्यु भएको छ । १३ जना बिहीबार मारिएका हुन् । 

फ्रान्सेली समाचार समिति एएफपीले मारिनेको संख्या ३२ पुगेको दाबी गरेको छ । विद्यालय र युनिभर्सिटी यसअघिदेखि नै अनिश्चितकालीन बन्द रहेकोमा बिहीबारदेखि राजधानी ढाकामा इन्टरनेट र फोन लाइन समेत बन्द गरिएको छ । 

हजारौँ प्रदर्शनकारीले बिहीबार साँझ सरकार नियन्त्रित बंगलादेश टेलिभिजन (बीटीभी)को ढाकास्थित कार्यालयमा समेत आगो लगाएका छन् । आगलागीपछि पत्रकार तथा कर्मचारी कार्यालय छोडेर भागेका थिए । सरकारले देशभर सुरक्षा अलर्ट जारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij