Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

प्रदेश १ मुख्यमन्त्री कार्कीको दावी


सारांश

प्रदेश १ मुख्यमन्त्री  कार्कीको दावी
images

काठमाडौं ।  प्रदेश १ को मुख्यमन्त्री पद नेकपा एमालेले लिने भएको छ । शीर्ष नेताहरुबीच भएको छलफलमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो ।

मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दावी गर्ने भएका छन् ।

उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्रीम दावी पेश गर्न लागेका हुन् ।

प्रदेश–१ सभामा एमालेका ४० प्रदेशसभा सदस्य छन् । त्यहाँ कांग्रेसका २९ सांसद छन् ।

प्रदेश–१ मा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक प्रदेशसभा सदस्य छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतको सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । त्यहाँ एमाले नेतृत्वको गठबन्धनमा ६० सांसद देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij