Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अन्ना कोइरालाले जितिन् ‘मिस नेपाल नर्थ अमेरिका -२०२४’ को उपाधि


सारांश

अन्ना कोइरालाले जितिन् ‘मिस नेपाल नर्थ अमेरिका -२०२४’ को उपाधि
images

काठमाडौं । मिस नेपाल नर्थ अमेरिका २०२४ को उपाधी नर्थ क्यारोलिनाकी अन्ना कोईरालाले जितेकी छन् । आइतबार अमेरिकाको न्युयोर्कमा आयोजित फिनालेमा नर्थ क्यारोलिना राज्यबाट सहभागी अन्नाले ताज पहिरिएकी हुन्।

यसैगरि रुवी पौडेल प्रथम उपबिजेता  र आदिश्री रेग्मी द्वितिय उपबिजेता भएका छन्।  प्रतियोगितामा क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट कूल १८ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

IMG_0394 (1).jpeg

यस बर्षको “मिस नेपाल नर्थ अमेरिका २०२४ ” को अन्तिम शीर्ष १८ मा पुग्न सफल भएका प्रतियोगीहरुमा क्रमस: मीनेसोटाकी आयुषा तुलाधर ,टेक्ससकी आदीश्री रेग्मी ,नर्थ क्यारोलाईनाकी आना कोइराला , क्यानडाकी अनु सुबेदी ,न्यूयोर्ककी अस्मिता गिरी ,मिसिगनकी अश्मिता तुलाधर ,ओहायोकी दृश्य धिताल ,न्यूजर्सी ओनिका बानिया ,न्यूयोर्ककी प्रिजा राना ,बोस्टनकी रिजा पुरी ,मेरिल्याण्डकी रुबिना गिरी ,मेरिल्याण्डकी रुबी पौडेल , कोलोराडोकी सबिता चौलागाई  ,कोलोराडोकी सर्जु थापा ,जर्जियाकी सोफी पोखरेल ,क्यानडाकी स्वीकृति खड्का ,टेक्ससकी सुजन सुनुवार तथा क्यालिफोर्नियाकी उषा शाह रहेका थिए ।

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक बर्ष अगस्त महिनामा हुदै आएको छ र यस बर्ष पनि अगस्त ३ शनिवार सम्पन्न गरिएको छ। न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुममा प्रतियोगिताको आयोजना गरिएको थियो भने अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण भन्ने मूल नारा दिइएको थियो ।

IMG_7025-900x675.jpeg

यो  प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गरेको हो भने मिस नेपाल नर्थ अमेरिकाका आयोजक तथा प्रमुख शैलेन्द्र श्रेष्ठ हुन ।

निर्णायकहरुमा कलाकार अनुप बिक्रम शाही,आचल शर्मा, बर्षा राउत, मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ, मोडल तथा मिस कस्मोपोलिटन वर्ल्ड २०१९ प्रिया रानी लामा, मोडल सुवेक्षा खड्का, मिस युनिभर्स नेपाल २०२० आंशिका शर्मा, मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठ, मोडल उषा उप्रेती, मोडल तथा कार्यक्रम प्रस्तोता सुगरिका श्रेष्ठ, मोडल तथा फिटनेस उधमी भावना कल्वानी र डा. उदिप श्रेष्ठ रहेका थिए ।

IMG_7134-1-900x675.jpeg

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij