Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, भन्छन्- प्रदेशको नामाकरण उच्च प्राथमिकता


सारांश

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त,         भन्छन्- प्रदेशको नामाकरण उच्च प्राथमिकता
images

नेकपा (एमाले) प्रदेश नम्बर १ संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । आइतबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वासको मत लिएपछि मात्रै थप प्रक्रिया अघि बढाउने बताए ।

उनले भने, ‘कति सदस्यीय बन्न भन्ने छैन । हामी सानो आकारको बनाउँछौँ। सकेसम्म सबै दललाई समेट्छौँ ।’

प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेर सबैको सहमतिमा छिटो टुंग्याउने प्रयास गर्ने बताए।

कार्कीलाई प्रदेश सभामा एमालेका ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका ६ र जसपाको एकजना सांसद गरी ६० सांसदको समर्थन छ ।

९३ प्रदेश सभा सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij