Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

छायांकनमा जाने बेला कृषाले प्रश्न गरिन्– ‘पिताम्बर’ को हो ?


सारांश

छायांकनमा जाने बेला कृषाले प्रश्न गरिन्– ‘पिताम्बर’ को हो ?
images

काठमाडौं ।  निर्देशक कृषा चौलागाईंले प्रदीप खड्का, सौगात मल्ल लगायतका कलाकारहरूलाई लिएर चलचित्र ‘पिताम्बर’ निर्देशन गर्दैछिन् ।

दोस्रो चरणको छायांकनमा जाने तयारी भइरहेका बेला निर्देशक चौलागाईंले फेसबुकमार्फत अभिनेताद्वय प्रदीप र सौगातसँगको तस्वीर सेयर गर्दै प्रश्न सोधेकी छन्- ‘पिताम्बर’ को हो ? 

‘पिताम्बर’ को पहिलो सेड्युल नवलपरासीको त्रिवेणी धाममा गरिएको थियो । दोस्रो सेड्युलमा प्रदीप र सौगात जोडिनेछन् । ‘पिताम्बर’मा प्रदीप एक्सन भूमिकामा देखिनेछन् ।

स्टार कलाकारहरूको बलियो लाइनअप रहेको चलचित्र ‘पिताम्बर’ मा प्रदीप र सौगातसँगै आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतको कलाकारको अभिनय रहनेछ । 

केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । चलचित्रको निर्माता विशाल चौलागाईं हुन् ।

प्रदीप भारद्वाजको पटकथा रहेको चलचित्रको बजेट ५ करोड भनिएको छ । कृषाको यो ‘ड्रीम प्रोजेक्ट’ हो । यसअघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् ।

 
Capture.JPG

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij