Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘बेहुली फ्रम मेघौली’को ‘छड्के सलाम’ सार्वजनिक


सारांश

‘बेहुली फ्रम मेघौली’को ‘छड्के सलाम’ सार्वजनिक
images

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को गीत सार्वजनिक भएको छ । 

बिहेको रमाइलो प्रस्तुत गरिएको गीतमा कालीप्रसाद बास्कोटा, बबिना किराँती, र निश्चल बस्नेतको स्वर छ तथा शब्द-संगीत जयन जे वाइवाको छ । 

भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत लगायत कलाकार फिचर्ड छन् । 

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचितत्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ ।

निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

आगामी असोज १७ गते अर्थात् घटस्थापना दिनदेखि प्रदर्शनमा आउने ‘बेहुली फ्रम मेघौली’का कार्यकारी निर्माता शंकर पाण्डे हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij