Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी


सारांश

गण्डकीको मुख्यमन्त्रीमा  खगराज अधिकारी
images

काठमाडौं ।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । आजै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

एमाले संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीलाई माओवादी केन्द्र,राप्रपा र नेकपा एसमा प्रवेश गरेका स्वतन्त्र सांसद दिपक मनाङेले समेत समर्थन जनाएका छन् ।

अधिकारीलाई एमालेका २२,माओवादीका ८,राप्रपाका २ र एक स्वतन्त्र सांसदको समर्थन रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij