Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कात्तिक १५ गते देखि रिलिज हुँदै चलचित्र ‘मायावी’


सारांश

कात्तिक १५ गते देखि  रिलिज हुँदै चलचित्र ‘मायावी’
images

काठमाडौं । दिवाकर भट्टराई निर्देशित चलचित्र ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ । 

चलचित्रको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् । ‘मायावी’ मा पल र दीपिकासँगै सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ । 

लभस्टोरीमा आफूलाई प्रमाणित गरिसकेका निर्देशक भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन् । भट्टराईको लेखन रहेको चलचित्रका निर्माता राज कटुवाल,चन्द्र पन्त र  ध्रुव न्यौपाने  हुन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij