सारांश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले सरकार ढाल्छ कि भनेर सोच्न आवश्यक नरहेको बताएका छन् ।
‘म साथीहरुलाई के भन्न चाहन्छु भने यसभित्र कुनै खेल हुन्छ कि यो सरकार ढाल्छ कि भन्ने नसोच्नुस्’ उनले भने, ‘धेरै धेरै खेलाडीहरु दर्शक भएका छन्, रिङभन्दा बाहिर बसेर हेर्न बाध्य छन् ।’
सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उनले सरकारको स्थायीत्वका विषयमा चलेका हल्लाको पछि नलाग्न आग्रह गरे ।