Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सञ्जय कंडेलको रचना र निर्देशनमा "गाजल टिकी लाउने हो" तीज गीत बजारमा


सारांश

सञ्जय कंडेलको रचना र निर्देशनमा "गाजल टिकी लाउने हो" तीज गीत बजारमा
images
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) यु के का अध्यक्ष सञ्जय कंडेलको शब्द रचना तथा निर्देशनमा तयार पारिएको "गाजल टिकी लाउने हो " बोलको तीज गीत बजारमा आएको छ।
 
अहिलेकी चर्चित गायिका रचना रिमालको स्वर रहेको यस गीतमा सुनिल राईको संगीत, पुष्कर खत्रीको एरेञ्ज रहेको छ।
 
नेपाली कला, भाषा, संस्कृतिको प्रबर्द्धनमा स्वेदश तथा विदेशमा बस्ने दिदी बहिनीहरुका लागि हरितालिका तीजलाई लक्षित गर्दै युकेमै सुमन श्रेष्ठले खिचेको यो गीतको भिडियोलाई सविना श्रेष्ठले कोरियोग्राफी गरेकी छिन् । 
 
443839925_25601422212805940_7126137798917445646_n (1).jpg
रचनाकार तथा निर्देशक सञ्जय कंडेल
 
ईनास युकेले बजारमा ल्याएको "गाजल टिकी लाउने हो " गीतको भिडियोमा सविना श्रेष्ठ, अंशु बस्नेत, मञ्जु शाह, सर्वेन्द्र अधिकारी, पण्डित निलहरी घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
 
डायनामिक पर्सनालिटी भएका कंडेल प्रेस युनियन युरोपका समेत अध्यक्ष हुन् ।
 
हेर्नुहोस् भिडियो -
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij