सारांश
काठमाडौं । नेकपा (एमाले) परित्याग गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने तयारी गरेका छन् ।
एकीकृत समाजवादी प्रवेशका लागि उनले प्र्रस्ताव पनि पठाएका छन् । उनको प्रस्ताव आज बसेको केन्द्रीय सचिवालय बैठकबाट स्वीकार गरिएको छ ।
भुसालले एकीकृत समाजवादीमा आउनका लागि महासचिव पदमा आकांक्षा राखेका छन् ।