सारांश
काठमाडौं । लोक तथा दोहोरी गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कोषाध्यक्ष / सञ्चारकर्मी अमृत अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ ।
सामाजिक पीर वेदना समेटिएको ‘मनको शान्ति’ बोलको गीत उनले बिहीबार युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।
गीतमा स्वर अमृत सँगै शान्तिश्री परियार, रामचन्द्र चन्द र सुनिता बुढा क्षेत्रीको छ । विक्रमबाबु विश्वकर्माको शब्द रचना रहेको गीतमा हुकलाइन र संगीत नन्दु परियारको छ ।
भिडियोमा रामचन्द्र अधिकारी, जुना गुरुङ, बिमल अधिकारी, यशु भट्टराईलगायतको अभिनय छ । भिडियो निर्देशन मौसम हिमालीले गरेका छन् ।
“दाइको ससुराली गाउँ” बोलको गीतले सफलता पाएको झण्डै २ दशकपछि अधिकारीले गायक रामचन्द्र चन्दसँगको सहकार्यमा सामाजिक घटना तथा परिघटना समेटेर तयार पारिएको मनको शान्ति बोलको गीतलाई भिडियोमार्फत प्रस्तुत गरेका हुन् ।