Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चलचित्र कल्ली : पल आउट, सौगात इन


सारांश

चलचित्र कल्ली : पल आउट, सौगात इन
images

काठमाडौं । ‘रावायण’को असफलतापछि अभिनेता पल शाहलाई लिएर चलचित्र बनाउन खोजेका मेकरहरु हच्किएका छन् ।

लक्ष्मण सुनारले निर्देशन गर्न लागेको ‘कल्ली’ मा पलले मुख्य भूमिका निभाउनेवाला थिए । पललाई फिचर्ड गर्दै चलचित्रको पोस्टरसमेत सार्वजनिक भइसकेको थियो । तर, अहिले अभिनेता सौगात मल्ललाई लिइएको छ ।

चलचित्रमा पल शाह अनुबन्धित भएको जानकारी दिँदै ‘कल्ली’ को फेसबुक पेजमा साउन १५ गते चलचित्रको पोस्टर सार्वजनिक गरिएको थियो । सो पेजमा पल चलचित्रमा आवद्ध भएको समाचार पनि सेयर गरिएको थियो । तर अहिले चलचित्रको उक्त पेजबाट पल शाहलाई फिचर्ड गरिएको पोस्टर नै हटाइएको छ ।

रेड बर्ड र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने यस चलचित्रको लेखकसमेत सुनार आफैं हुन् । चलचित्रलाई किरण नेपालीले निर्माण गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij