Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

खुल्यो धरहरा: प्रत्येक दिन ६ सयले निःशुल्क चढ्न पाउने


सारांश

खुल्यो धरहरा: प्रत्येक दिन ६ सयले निःशुल्क चढ्न पाउने
images

काठमाडौं। संविधान दिवसका अवसरमा आजबाट अस्थायी रुपमा धरहरा सञ्चालनमा आएको छ ।

मन्त्रिपरिषद्को यसअघिको निर्णय अनुसार आजबाट अस्थायी रूपमा धरहरालाई सञ्चालनमा ल्याउन लागिएको हो।

यसैबीच उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार धरहराको अवलोकन गरेका छन। सो क्रममा उनले मन्त्रिपरिषद्को निर्णयअनुसार अन्तरिम समयमा लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिएको बताए। २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा आउन लागेको हो।

सर्वसाधारणले नवनिर्मित धरहरा नि:शुल्क रूपमा चढ्न पाउनेछन् । विभागका अनुसार प्रत्येक घण्टा एक सयजनालाई धरहरा चढ्न टिकट दिइनेछ । प्रत्येक दिन ६ सयजनाले धरहरा चढ्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij