Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यस्तो बन्यो ‘बेहुली फ्रम मेघौली’को ट्रेलर


सारांश

यस्तो बन्यो ‘बेहुली फ्रम मेघौली’को ट्रेलर
images

काठमाडौं । असोज १७ गते रिलिज हुने चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । 

उमेर ३० पुगेपछि छोरीको विवाहका लागि हुने समस्या, प्रेम, धोका, छलकपट तथा स्वतन्त्र विचार र निर्णय ट्रेलरमा देख्न सकिन्छ । 

चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । 

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको चलचित्रका निर्माता स्वस्तिमा खड्का र निश्चल बस्नेत हुन् । 

साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको बेहुली फ्रम मेघौली’ का कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij