Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सतिश चापागाइँको नयाँ गीत ‘अरबमा घाम छ’ सार्वजनिक


सारांश

सतिश चापागाइँको नयाँ गीत ‘अरबमा घाम छ’ सार्वजनिक
images

काठमाडौं । गीतकार सतिश चापागाइँको नयाँ गीत सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको बाध्यतामा केन्द्रित रहेर तयार पारिएको गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

सतिश चापागाइँको शब्दरचना, सञ्जीव बराइलीको स्वर रहेको गीत ‘अरबमा घाम छ’मा संगीत दीप घतानीको छ ।

गीतले नेपाली युवाले देशमा भोगिरहेको बढ्दो बेरोजगारी समस्यालाई चित्रण गरेको छ । एकातिर बेरोजगारीका कारण काम नपाउने, पाए पनि वर्षौंसम्म पैसा नपाउने समस्यालाई सतिसले गीतमा उतारेका छन् । 

यही बाध्यतालाई समेटेर तयार पारिएको गीतले भन्छ– 
अरबमा घाम छ कसलाई पो था’छैन ।
अरबमै काम छ नगइ भा’छैन । 

गीतको भिडियोमा दीप घतानी, सिमा क्षेत्री र मिरेश अधिकारी फिचर्ड छन् । भिडियोको सम्पादन-निर्देशन विभोर पोखरेलले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij