Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

गायिका रस्नाले नायक रमेशलाई भन्दैछिन्- "छाता ओढाईदेउन..."


सारांश

गायिका रस्नाले नायक रमेशलाई भन्दैछिन्- "छाता ओढाईदेउन..."
images

काठमाडौं । नायिका बन्ने दर्जनौं अफर अस्विकार गरेकी रस्ना पौडेल अन्तत: गायिका बनेकी छिन।

पर्यटन क्षेत्रलाई कर्मक्षेत्र बनएर अगाडि बढेकी रस्नाको गीत गाउने सोच चाहिँ पहिलेदेखि कै हो। उनले पहिलोपल्ट "मायाको कखरा.." बोलको गीत आफ्नो स्वरमा रेकर्ड गराएकी थिइन् ।

Capture.JPG

अहिले उनले "छाता ओढाईदेउन.." बोलको गीत बजारमा ल्याएकी छिन् ।  रस्ना पौडेल र गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल गायनमा रहेको ‘छाता ओढाइदेउन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ शैलीको यस गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको नै रहेको छ ।

rastrabani-manoranjan-1.jpg

दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको म्युजिक भिडियोमा रमेश उप्रेती र रस्ना पौडेल बीचको अन्स्क्रिन रोमान्स देख्न सकिन्छ । श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । मौसम हिमालीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij