सारांश
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सले जहाज किनेर प्रदेशको नाम राखेर चलाउने प्रस्ताव गरेका छन् ।
६ प्रदेशका पर्यटनमन्त्री र पर्यटनसंवद्ध सरकारी निकायको पोखरामा भएको छलफलमा उनले प्रत्येक प्रदेशको नाममा जहाज किन्ने प्रस्ताव गरेका हुन् ।
पर्यटन मन्त्री पाण्डेले प्रदेशका आआफ्नै नामसहितका जहाज चाहिन्छ भन्ने कुरामा बैठकमा समझदारी भएको बताए । नेपाल एयरलायन्सले कम्तीमा ट्वीनअटर जहाज प्रत्येक प्रदेशको नाममा खरिद गर्ने प्रस्ताव बैठकमा पेश भएको छ ।
‘नेपाल एयरलायन्सकै प्लेन हुन्छ । त्यो प्लेन प्रदेश सरकारहरुको नाममा हुन्छ, कर्णालीले कर्णाली लेख्छ, कोशीले कोशी लेख्छ’, मन्त्री पाण्डेले भने, ‘यो प्रारम्भिक सोचाइमा हामी छौं ।’