सारांश
काठमाडौं । कुमारी बैंकले दशैँलाई लक्षित गर्दै आफ्ना सेवाग्राहीहरूलाई शुभकामनास्वरूप दशैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।
अनवरतरुपमा नवप्रर्वतनमा आधारित उत्कृष्ट सेवा दिइरहेको कुमारी बैंकले घटस्थापनादेखि महानवमीसम्मको ९ दिन यो अफर सञ्चालन गर्ने बताइउको छ । बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ्गमार्फत वस्तु तथा सेवा खरिदबापत रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ बराबरको क्यासब्याक प्राप्त गर्ने छन् ।
यो योजनाअन्तर्गत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११:५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रबर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा दिँदै आइरहेको छ ।