Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

घट्यो पेट्रोलियम पदार्थको मूल्य


सारांश

घट्यो पेट्रोलियम पदार्थको मूल्य
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दुई रुपैयाँ घटाइएको छ । 

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५५.५० रुपैयाँ र डिजेलको मूल्य १४४.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ र डिजेलको मूल्य १४६ रुपैयाँ कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेलको मूल्य १४७ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij