Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

इरानले इजरायलमाथि गर्‍यो रकेट आक्रमण


सारांश

इरानले इजरायलमाथि गर्‍यो रकेट आक्रमण
images

एजेन्सी ।  इरानले इजरायलमाथि रकेट आक्रमण गरेको छ । इजरायली सेनाले इरानबाट प्रहार भइरहेका क्षेप्यास्त्रहरूलाई पहिचान गरी नष्ट गर्ने प्रयास गरिरहेको बताएको छ ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली नागरिकलाई सतर्क रहन र सुरक्षात्मक कदम चाल्न आग्रह गरेका छन् । 

इजरायली सेनाले इजरायलीहरूलाई सतर्क रहन र होम फ्रन्ट कमाण्डको निर्देशनहरू पालना गर्न आग्रह गरेको छ। साइरन सुन्ने बित्तिकै सुरक्षित स्थानमा सर्ने र अर्को सूचना नआएसम्म त्यहीँ बस्न भनिएको छ ।

यसैबीच, इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध जमिनबाट आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij