सारांश
काठमाडौं । बलिउड अभिनेता गोविन्दाको आफ्नै गल्तीले खुट्टामा गोली लागेको छ ।
उनको आफ्नै रिभल्वरबाट गोली लागेको हो । त्यसपछि तत्काल उनलाई अस्पताल लगिएको थियो ।
गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिभल्वर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, मंगलबार बिहान उक्त घटना भएको हो ।