सारांश
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई फोन गरेका छन् ।
काठमाडौंको डिल्लीबजार जेलमा रहेका चौधरीलाई बुधबार दिउँसो ओलीले फोन गरेर माघ महिनाभित्र गुड न्यूज आउने बचन दिएका हुन् ।
ओलीले फोन गरेर सुदूरपश्चिम प्रदेश सरकार गठनमा सहयोग माग्ने क्रममा यस्तो बचन दिएको एक नेताले बताए ।