सारांश
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णले स्क्वायरले भारतको प्रख्यात लक्जरी हस्पिटालिटी आईटीसी होटेल्ससँग व्यवस्थापन सम्झौता गरेको छ ।
अन्नपूर्ण स्क्वायरका अध्यक्ष मीनबहादुर गुरुङले पुनर्निर्माणको क्रममा रहेको होटल २०८५ वैशाख १ गते सञ्चालनमा आउने बताए ।
यसमा ३१८ वटा कोठा र ३० सर्भिस विभाग रहने बताइएको छ । चार कन्फरेन्स हल, सपिङ, मनोरञ्जनलगायतसुविधा रहनेछ ।
आईटीसी होटेल्सले दैनिक व्यवस्थापनको काम गर्नेछ ।