Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

शतप्रतिशत समर्थन चुनौतीपूर्ण : प्रधानमन्त्री


सारांश

शतप्रतिशत समर्थन चुनौतीपूर्ण : प्रधानमन्त्री
images
 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शतप्रतिशत समर्थन प्राप्त गर्नु निकै ठूलो जिम्मेवारी र चुनौतीपूर्ण रहेको बताएका छन्। 

११औँ गोरखा उद्योग वाणिज्य संघको उद्घाटन गर्न गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले शतप्रतिशत समर्थन प्राप्त गर्नु चुनौतीपूर्णको कुरा भएको बताएका हुन्। 

महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘झन्डै शतप्रतिशत समर्थन मलाई प्राप्त भएको छ, यो निकै ठूलो जिम्मेवारीको कुरा पनि हो। यो निकै ठूलो गर्वको कुरा पनि हो र यो निकै ठूलो चुनौतीको कुरा पनि हो। हिजोसम्म अलिकति चिन्ता पनि थियो। कहीँ दलहरुबीच विभाजन भइदियो भने राजनीतिक दलबीचको प्रतिबद्धता र विश्वासमा एकरूपता आइदिएन भने अप्ठ्यारो पो आउने हो कि भन्ने चिन्ता थियो।’ 

सबै राजनीतिक दलहरूको सहमतिबाट प्रधानमन्त्रीको रूपमा विश्वासको मत प्राप्त भएको र यो जिम्मेवारी र यो ऐतिहासिक अवसरलाई पूरा गर्न निरन्तर लागिपर्ने उनले बताए। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij