सारांश
काठमाडौं । चलचित्र ‘१२ गाउँ’को सिक्वेल बन्ने भएको छ ।
‘१२ गाउँ’ राम्रोसँग चलेपछि निर्माणपक्षले यसको सिक्वेल बनाउने तयारी गरेको हो ।
“ यसको स्टोरी पहिला नै थियो । त्यसमा थप काम भइरहेको छ,” निर्माणपक्षलाई उदृत गर्दै वितरक गोविन्द शाहीले भने ।
बिराज भट्टले निर्देशन गरेको ‘१२ गाउँ’ मा बिराज र समीर मुख्य भूमिकामा छन् ।