Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित


सारांश

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प  निर्वाचित
images

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी बनेका छन् । 

अमेरिकी राष्ट्रपतिमा विजयी हुनको लागि ५३८ इलेक्टोरल भोटमा २७० आवश्यक पर्छ । निर्वाचनको मतगणना जारी रहे पनि ट्रम्पले २७६ इलेक्टोरल भोट प्राप्त गरिसकेका छन्, जुन राष्ट्रपतिमा विजयी हुनको लागि पर्याप्त हो ।

डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उमेदवार कमला ह्यारिसले हालसम्म २१९ इलेक्टोरल भोट प्राप्त गरेकी छन् । ह्यारिस वर्तमान उपराष्ट्रपति पनि हुन् । 

ट्रम्प यसअघि पनि अमेरिकाको राष्ट्रपति भइसकेका व्यक्ति हुन् । उनी जनवरी २०, २०१७ देखि जनवरी २०, २०२१ सम्म अमेरिकाको ४५औँ राष्ट्रपति रहेका थिए । त्यति बेला उनले डेमोक्रेटिक पार्टीकी उमेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । 

ट्रम्पले दोस्रो कार्यकालको लागि सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा पनि रिपब्लिकन पार्टीको तर्फबाट उमेदवार बनेका थिए । उनी त्यतिबेला डेमोक्रेटिक पार्टीका उमेदवार तथा हालका राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए ।

ट्रम्पले यसपटक समेत गरी लगातार तेस्रोपटक अमेरिकी राष्ट्रपतिमा उमेदवारी दिएका हुन् । यसपटक उनी पुनः विजयी बनेका छन् । 

ट्रम्पले ४७औँ राष्ट्रपतिको जिम्मेवारी सन् २०२५ जनवरी २० बाट सम्हाल्ने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij