सारांश
काठमाडौं । चन्द्र पन्त निर्देशित मल्टिस्टारर चलचित्र ह्रस्व दीर्घको ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा एक्सन, प्रेम, विछोड र प्रेम प्राप्तिका लागि गरेको संघर्ष देखाइएको छ । नीता ढुंगाना र हरिहर अधिकारीको प्रेम, त्यसमा देखिएको अवरोध र प्रेमको बाटोका आएको अवरोध हटाउन गरेको संघर्ष र एक्सन चलचित्रको ट्रेलर अटाएको छ ।
कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, व्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रविन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ ।