Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

शाहरूख खानलाई आयो ज्यान मार्ने धम्की


सारांश

शाहरूख खानलाई आयो ज्यान मार्ने धम्की
images

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानलाई पनि ज्यान मार्ने धम्की आएको छ ।

 भारतीय सञ्चारमाध्यमकाअनुसार मोबाइलमा धम्की आएपछि शाहरूखले प्रहरीमा उजुरी दिएका छन् ।

मुम्बई प्रहरीले उजुरी पाएलगत्तै यस विषयमा अनुसन्धान सुरु गरेको छ । धम्की पाएपछि शाहरूखको घर मन्नत बाहिर सुरक्षा बढाइएको छ ।

सन् २०२३ मा फिल्म पठान र जवानको सफलतापछि शाहरूख खानलाई लगातार धम्की आइरहेको थियो ।  सुरक्षाको कारणले उनलाई वाई प्लस सुरक्षा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij