सारांश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार ७ दलबाटै मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका छन्। उनले बालकोट पुगेर बुधबार साँझ सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी गरेका थिए।
मन्त्रालयको भागवण्डा टुंगो लगाउन आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारम बैठक बोलाएका हुन् ।
गठबन्धन दलहरूबीच मन्त्रलाय भागवण्डा टुंगिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । नियुक्त मन्त्रीहरूले जिम्मेवारीसमेत पाउन सकेका छैनन् ।