Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

उद्योगीले १५ दिनभित्र बक्यौता नतिरे पुनः लाइन काटिन्छ : कुलमान घिसिङ


सारांश

उद्योगीले १५ दिनभित्र बक्यौता नतिरे पुनः लाइन काटिन्छ : कुलमान घिसिङ
images

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे फेरि उद्योगहरूको लाइन काट्ने चेतावनी दिएका छन् ।

बुधवार प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक घिसिङले हाललाई लाइन जोडिए पनि बक्यौता नतिरे फेरि काट्ने बताएका हुन् ।

उनले विद्युत् बक्यौता नउठे प्रक्रिया अनुसार अघि बढ्ने बताए । ‘अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’ कार्यकारी निर्देशक घिसिङले भने ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij