Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सुशिलको ‘परालको आगो’मा सुहाना


सारांश

सुशिलको ‘परालको आगो’मा सुहाना
images

काठमाडौं । चलचित्र ‘परालको आगो’मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन् । 

निर्माण कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट सुशिल पोखरेल र थापाबीच लिखित सहमति भएको छ ।

निर्माता पोखरेलले यसअघि फिल्महरु ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् ।

‘परालको आगो’लाई  ‘बुलाकी’ फेम्ड लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । 

कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा केन्द्रित रहेर यो चलचित्र बन्न लागेको हो । ‘परालको आगो’ कथामाथि दोस्रो पटक एडप्टेसन हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij