सारांश
काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा रसुवामा तीन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ ।
ती तीनबाट १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
१४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाहरूको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् ।