Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

कुलमानको एक्सन: महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार


सारांश

कुलमानको एक्सन: महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार
images

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिरेका ३४ उद्योगविरुद्ध तीन निकायमा पत्राचार गरेको छ। नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै आवश्यक कारबाही गर्न सिफारिस गरेको हो। 

यसअनुसार प्राधिकरणले राष्ट्र बैंकलाई बक्यौता नतिरेका उद्योगहरूको बैंक खाता रोक्का गर्न पत्र पठाएको छ भने धितोपत्र बोर्डमा सर्वसाधारणको लागि सेयर जारी गर्ने लगायतका सेयर खरिदबिक्री कार्यको इजाजत नदिन भनेको छ।

त्यसैगरी कम्पनी रजिस्ट्रारमा सेयरको हक हस्तान्तरण र धितो बन्धक रोक्का गर्न पत्र पठाएको छ। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij