सारांश
काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्ताभित्र र बाहिरका दलसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री बन्द्री पाण्डेले बताए ।
“आगामी माघ ५ र ७ गते सभामुख र उपसभामुखको निर्वाचन हुँदैछ । त्यसमा उमेदवारी दिने विषयमा दलहरुसँग छलफल गर्ने निर्णय भएको छ,” सहमहामन्त्री बद्री पाण्डेले भने, “हाम्रो मात्र संख्याले पुग्ने अवस्था छैन । त्यसैले आफूले उमेदवारी कुनमा दिने र अरु दलहरु को कोसँग सहकार्य हुनसक्छ भनेर अब हामी छलफल गर्छौँ ।”